राजधानीमा पनि आइपुग्यो सलह किरा

काठमाडौँ, १४ असार । शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकाको लतिलपुरमा प्रवेश गरेको विज्ञहहरुले बताएका छन् ।

मनसुनको बेला भएको हुँदा पानी परिरहेको र सलहको झुन्ड समेत कम संख्याको भएको हुँदा किसानलाई अनआत्तिन उनीहरुले सुझाएका छन् । नार्कका किट विज्ञ सुदिप उपाध्यायले सलहको प्रभाव कम गर्न दिउँसोको समयमा जालीको प्रयोग गर्न आग्रह गरेका छन् ।

रातिको समयमा कृषि क्षेत्रमा सलह भेटिएमा भने रासायानिक मल प्रयोग गर्न सकिने समेत बताए । नेपालमा सलहले पार्न सक्न प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक जारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति