मालावीका प्रतिपक्षी नेता चक्वेरा राष्ट्रपतिमा निर्वाचित

लिलोङ्वे, १४ असार । मालावीका प्रतिपक्षी नेता लाजारूस चक्वेरा गत मङ्गलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी भएका छन् । चक्वेराले प्रमुख प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति पिटर मुथारिकालाई अत्यधिक बहुमतसाथ पराजित गरे ।

चक्वेरा निर्वाचनमा ५८ प्रतिशत मतसहित विजयी भएका मालावीको निर्वाचन आयोगले शनिबार राति पुष्टि गरेको छ । आयोगका अध्यक्ष चिफुन्डो कचालेले निर्वाचनको परिणाम सार्वजनिक गर्दै भने, “मालावीको २८ जिल्ला र १९३ निर्वाचन क्षेत्रका लागि कूल पाँच हजार दुई मतदान केन्द्रमा भएको मतदानको सम्पूर्ण मत परिणाममा प्रतिपक्षी नेता चक्वेरा ५८ प्रतिशत मत परिणामसहित निर्वाचित हुनुभएको छ ।”

चक्वेराले मालावीका वर्तमान् उपराष्ट्रपति तथा ‘यूनाइटेड ट्रान्सफर्मेसन मुभमेन्ट’ का नेता साउलोस चिलिमालाई आफ्नो सात दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपति बनाउने घोषणा गरिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति