काठमाडौँ, १४ असार । स्वर्गिय जननेता मदनकुमार भण्डारीको ६९ औं जन्म जयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले २० औं शताब्दीका सार्वाधिक महत्वपूर्ण व्यक्ति भण्डारीको मार्गसिद्धान्त नेपाली राजनीतिका लागि असाधारण उपयोगी भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एबीसी टेलिभिजनसगको विशेष सम्वादमार्फत २० औं शताब्दीका नेपाली राजनीतिका सर्वाधिक महत्वपूर्ण व्यक्ति मदनका राजनीतिक मार्गसिद्धान्तहरु नेपाली राजनीतिका लागि असाधारण उपयोगी भएको बताउनुभएको छ ।
स्वर्गिय जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले स्वर्गिय भण्डारीले देशलाई लगाएको गुणप्रति पुनः कृतज्ञताकासाथ प्रशंसा गर्नुभयो । स्वर्गिय भण्डारीको ६९ औं जन्मजयन्तीको उपलक्ष्यमा स्वर्गिय भण्डारीले मार्गदर्शनलाई अनुसरण गर्दै अघि बढ्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।
वि.सं.२००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुंगे सा“घुमा जन्मनुभएको जननेता भण्डारीको वि.सं.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय मृत्यु भएको थियो । वि.सं.२०२८ सालमा औपचारिकरुपमा राजनीतिक जीवनमा प्रवेश गर्नुभएको थियो । भाषणकलामा निपूण, तीक्ष्ण बौद्धिकता, कुशल नेतृत्व र तत्कालीन समयमा हाकी नेताका परिचय बनाउनुभएको स्वर्गिय भण्डारीको रहस्यमय हत्याको कारण भने अझै खुल्न सकेको छैन ।
स्वर्गिय भण्डारीले नेपालमा कम्युनिष्ट आन्दोलनको निर्देशक सिद्धान्त प्रतिपादन गरि यसलाई जीवन्तता दिने विषयमा आफूलाई अग्रपंक्तिमा राख्न सफल भएको नेकपा नेताहरु बताउ“छन् । प्रधानमन्त्री ओलीले पनि स्वर्गिय भण्डारीका प्रभावकारी विचारहरु र विचारबाट निर्देशित व्यवहार र आचरणहरुबाट भण्डारीस“गको पहिलो भेटमै आफू प्रभावित भएको बताउनुभयो । स्वर्गिय भण्डारीमा असाधारण बौद्धिकता, तार्किकता र विश्लेषण क्षमता भएको व्यक्ति रहेको र भन्दै प्रधानमन्त्री ओलीले पुनः स्मरण गर्नुभएको छ ।
स्वर्गिय भण्डारीसगै उहाका सहयोद्धा एवम् तत्कालीन नेकपा एमालेका कुशल संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि जीप दुर्घटनामा दुखद निधन भएको थियो । स्वर्गिय भण्डारी भने तत्कालीन अवस्थामा नेकपा एमालेको महासचिव पदको जिम्मेवारी सम्हाल्दै आएका थिए । भण्डारीको वि.सं.२०३९ साल साउन १४ गते विद्यादेवि पाण्डेसग भूमिगत जनवादी विवाह भएको थियो । वर्तमन अवस्थामा देशमा नेकपाको दुईतिहाई बहुमतको सरकार छ भने, विद्यादेवि भण्डारीले राष्ट्रपतिको कार्यभार सम्हालिरहनुभएको छ ।
COMMENTS