27 June, 2020 9:41 pm


कोरोनाबारे बुझक्कड धारणा नबनाउन प्रधानमन्त्रीको आग्रह (भिडियोसहित)

काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाईरस संक्रमणकै कारण २ जनाको मात्रै मृत्यु भएको बताउनुभएको छ । एबीसी टेलिभिजनसग विशेष कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ९५ प्रतिशत कोरोना भाईरस विदेशबाट आईरहेको अवस्थामा अरु कोरोना संक्रमितहरुको ज्यान दिर्घ रोग लगायतका अन्य कारणबाट गएको बताउनुभएको हो ।

उहाले बेसारबाट विभिन्न औषधिहरु नै बनिसकेको र कारोना भाईरस विरुद्ध रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न बेसार उपयुक्त रहेको पुनः दोहो¥याउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार हालसम्ममा कोरोना संक्रमणका कारण २८ जनाले ज्यान गुमाएका छन् । तर यसमध्ये २ जनाको मात्रै कोराना भाइरस संक्रमणका कारण र बाकी २६ जनाको भने विभिन्न दिर्घ रोग लगायतका विविध कारणवश मृत्यु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । कोरोना भाईरस नहुदा पनि रोगका कारण मान्छेहरु त मरिरहेका नै हुन्थे, भन्दै कोरोनाबाट नआत्तिन उहाले सबैमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोनाबारे लालबुझक्कड धारणा नबनाउन समेत आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ९५ प्रतिशत कोरोना भाईरस विदेशबाट आईरहेको अवस्थामा देशको ईम्यून पावरले ठूलो संख्यामा कोरोना संक्रमितहरुको उपचार सफल भईरहेको बताउनुभएको छ । धेरैले कोरोनास“ग लड्न बेसार उपयुक्त हुने प्रधानमन्त्री ओलीको सुझावलाई हास्यस्पद ढंगले हेरिरहेका बेला यसको प्रतिउत्तरमा विचार गरेर मात्रै आलोचना गर्न उहा“ले सुझाउनुभयो । बेसारमा एन्टीब्याक्टेरियल ईलेमेन्ट, एन्टीसेफ्टीक गुण हुन्छ, क्यान्सरको लागि बेसारबाटै औषधि बनिसकेको छ भन्दै कोरानासग लड्न बेसारले रोग प्रतिरोधी क्षमता बढाउने प्रधानमन्त्री ओलीले पुनः दोहो¥याउनुभयो ।

नेपालमा हालसम्म १२ हजारभन्दा बढीमा कोरोना भाईरसको संक्रमण पुष्टि भईसकेको छ । यसमध्ये २८ सयभन्दा बढी उपचार पछि निको भई घर फर्किएका छन् । तर पनि, भाईरस संक्रमणको जोखिम भने दिनानुदिन बढ्दो छ । यो अवस्थामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सामाजिक तथा भौतिक दुरी कायम गर्न र रोगप्रतिरोधात्मक पौष्टिक आहारहरु सेवन गर्न स्वास्थ्यकर्मी एवम् सरोकारवालाहरुले सुझाव दिईरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलसंग गरिएको विशेष कुराकानी आइतवार विहान ८ बजे एवीसी न्यूजमा प्रशारण गरिने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board