27 June, 2020 6:24 pm


यस कारण नेपाली राजनीतिमा मदनको उचाई तीव्रगतिमा स्थापित हुदै गईरहेको थियो ( भिडियोसहित)


काठमाडौं, १३ असार । आज देशमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले करिब दुई तिहाई मतसहित सरकार सञ्चालन गरिरहेको छ । नेपालको सबैभन्दा ठुलो पार्टी बनेको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई टेकेर अघि बढीरहेको नेकपा (एमाले) र एक्काइसौ शताब्दीको जनवादलाई टेकेर अघि बढीरहेको नेकपा (माओवादी केन्द्र) बिच एकिकरण भएको छ ।

सशस्त्र संघर्षको बाटो रोजेको नेकपा माओवादी केन्द्र शान्तिपूर्ण आन्दोलनमा समाहित भएर बहुदलीय प्रतिस्पर्धालाई अगिंकार गरिसकेको माओवादी र एमालेबीच एकिकरण भएर जनताको जनवादलाई अंगिकार गरिएको छ । यद्यपी मदन भण्डारीका विचारहरु, मदनले बनाएका नीति कार्यक्रमहरु आजको युग सुहाउदो पनि छ ।

वि.सं.२०२८ सालमा पुष्पलाललाई भेटेर २०३० देखि पूर्णकालीन भूमिगत राजनीतिमा होमिनुभएका नेता मदनकुमार भण्डारीले ४६ सालमा प्रजातन्त्र पुनस्थापनाका लागि भएको संयुक्त जन आन्दोलन को सफताको विजय सभाको सम्बोधनस“गै खुला राजनीतिमा प्रवेश गर्नुभएको हो । आन्दोलनको सफलताले ३० बर्ष लामो निरंकुश पञ्चायती शासन ढाल्दै राजाबाट लेखिएको नेपालको संविधान २०१९ खारेज गरायो ।

र, मुलुकलाई बहुदलीय प्रजातान्त्रिक व्यवस्थाअनुरुप आन्दोलनकारी दलहरुका प्रतिनिधिसहितको नया“ संविधान तर्जुमा गर्न समिति गठन गरियो । समितिमा नेकपा मालेका तर्फबाट नेता माधवकुमार नेपाललाई पठाइयो । समितिले तोकिएको समयमै संविधानको मस्यौदा तयार पा¥यो । नेपालको अधिराज्यको संविधान २०४७ माथि नेकपा मालेले आलोचनात्मक समर्थन ग¥यो । त्यसो त, वि.सं.२०४७ सालको संविधानमा उहा“ले थुप्रै असहमतिका बुदाहरु सार्वजनिक गुर्नभएको थियो । त्यो संविधानलाई आलोचनात्मक ढंगबाट समर्थन गरिनुपर्नेे भनाई भण्डारीको कथन थियो । यसले एकातर्फ नेकपा एमालेलाई जीवन्तता दिईरहेको थियो त, अर्कोतर्फ भण्डारीलाई देशको भावि प्रधानमन्त्री तथा राजनेताको रुपमा हेरिन थालिएको थियो ।

त्यसबेला महासचिव माले मदन भण्डारीले २०४७ संविधानमा राख्नुभएको २७ बुदे फरक मतकै कारण नेकपा एमालेले अग्रगमनमर्फत गणतन्त्रसम्म पुग्न र आजको नेकपाको स्वरुप लिन सफल भएको राजनीतिक विश्लेषकहरुको ठहर छ । २०६२÷६३ को दोस्रो जनआन्दोलनको सफलतापछि २०६३ साल जेठ ४ गते घोषणा गरिएको नेपालको अन्तरीम संविधानमा त्यसबेला मदनले राख्नुभएका २७ बुदा हुवहु समावेश गरिनुले पनि यो कुराको पुष्टि गर्छ । २०४७ संविधान जारी भैसकेपछि संसदीय निर्वाचन घोषणा गरियो । त्यसअघि २०४७ पुस २२ गते नै मनमोहन अधिकारी र साहना प्रधान रहेको नेकपा (माक्र्सवादी) र नेकपा माले बीच एकीकरण भयो । एकीकृत पार्टीको नाम नेकपा एकीकृत माक्र्सवादी लनिनवादी अर्थात नेकपा एमाले रह्यो । नेतृत्वमा अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी हुनुभयो । मदन २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो । यो नै मदनले जीवनमा उहाले लाभको पद लिएको एकमात्र अबसर थियो ।

२०४८ को आमनिर्वाचनमा एमालेले ६९ सिट जित्यो । पहिलो पटक संसदमा गएको एमालेले नेपाली राजनीतिमै पहिलो पटक छाया सरकार बनाउने अभ्यास सुरु ग¥यो । यससगै एमालेप्रतिको जनताको आकर्षण त बढेको थियो नै, नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमा मदनकोे उचाई तीव्रगतिमा स्थापित हुदै गईरहेको थियो । वि.सं.२०३६ सालदेखि नै मदनले पार्टीभित्र चामत्किारिक उपस्थिती देखाउन थालेको नेताहरु बताउछन्, ३६ सालक असोजमा मदनले पहिलो पटक एउटा प्रस्ताव अघि सार्दै भन्नु भएको थियो – राजतन्त्र नै सामन्तवादको प्रतिक हो, र कम्युनिष्टको प्रमुख शत्रु राजतन्त्र नै हो । उहाले नेपाली काग्रेसलाई मात्रै होईन, तत्कालीन समयमा राजालाई श्रीपपेच खुकालेर खुला निर्वाचनमा आउन हाक दिनुभएको थियो ।

देशको राजनीति जनताको जीविकापोर्जनप्रति उत्तरदायि हुनुपर्छ । मदन भन्नुहुन्थ्यो– जनताको भोकप्रति, रोगप्रति र स्वतन्त्रपूर्वक बोल्ने, लेख्ने र विचार अभिव्यक्तिका लागि प्रजातान्त्रिक पद्दतिका शासकहरु हार्दिकता पूर्वक नतमस्तक हुनुपर्छ । जनताको बहुदलीय जनवाद भनेको जनलाई गोली नठोक्नु मात्रै होईन, जनतालाई फासीको सुलीमा नचढ्याईनु मात्रै होईन ।

मदन भण्डारी भाषणकलामा निपूण नेता त हुनुहुन्थ्यो नै, त्यत्तिकै उहा दूरदर्शी पनि हुनुहुन्थ्यो । त्यसको झल्को तत्कालीन प्रतिनिधी सभामा उहाँले विवादस्पद टनकपुर सन्धीको बिरोध र राष्ट्रियता एवम् देशभक्तिका ओजपूर्ण बिचार व्यक्त गर्नुभएबाट पुष्टि हुन्छ । मदनको आम जनताको जनजिविका, राष्ट्रियताको पक्षमा र सामन्तवादको प्रतिनिधीस्वरुप उभिएको राजदरबार विरुद्ध आक्रामक सम्बोधनले मुलुकभरको बाम झुकावयुक्त जनमत मात्र होइन मध्यमवर्गिय जनतालाई समेत नेकपा एमालेको विचार नजिक पुर्यायो । यता पार्टीगत तवरमा भने २०४९ माघमा नेकपा एमालेको पा“चौ महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले जनताको बहुदलीय जनवादलाई आधिकारिक रुपमा पार्टीको नीति र कार्यदिशा बनायो ।

तर मदनलाई बहुदलीय जनवादको उच्चतम कार्यान्वयनको चरणसम्म पुग्न शायद नियतिले साथ दिएन । २०५० जेठ ३ गते पार्टी कामको सिलसिलामा पोखराबाट चितवनतर्फ जा“दा दासढुंगामा उहा“ र नेता जीवराज आश्रित सवार जीपको रहस्यमय र्दुघटना भयो । त्यस लगत्तै देशभर बिरोधमा उत्रिएको जनसागरको दबाबमा दुर्घटनाको छानबिन गर्न माग गर्यो । एमाले नेता केपी शर्मा ओलीका नेतृृत्वको छानबिन समितिले दुर्घटना भवितव्य नभएर नेताद्धयको हत्या नै भएको निष्कर्ष निकाल्यो । त्यसयता २७ वर्ष बिते । पटक पटक नेकपा –एमाले) सरकारमा पुगेको छ । ४ पटक सरकारको नेतृत्व समेत गरेको छ तर यो हत्याकाण्डाको रहस्य अझै खुल्न सकेको छैन ।

मदनका सहयोद्धा तथा नेकपा नेता प्रश्रित मदन हत्याको कारण बारे भन्नुहुन्छ – वि.सं.२०३६ सालदेखि नै पंचायत ढाल्नुपर्छ भन्ने मान्यता र खुला राजनीतिमा प्रवेश पछि पनि राजा, महाराजा र सामन्तवाद विचारधारा र दमनकारी पद्धति समाप्त पार्न खुल्लम–खुल्ला बहसमा उत्रने मदनको ज्यान माथी त यसैपनि जोखिम बढिरहेको थियो नै ।

अहिलेको अवस्थामा स्वर्गिय भण्डारी महासचिव रहेको तत्कालीन पार्टी नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच पार्टी एकता अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा बनिसकेको छ । जसका दुई अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी हा“किरहेका छन् । नेकपाको दुईतिहाई बहुमतको सरकार छ । पार्टी मात्रै एक होईन, एकीकृत दुई पार्टीको घोषणापत्र र उद्देश्य पनि उही छ । झण्डै ७१ वर्षको जगमा उभिरहेको कम्युनिष्ट पार्टीमा भण्डारीले देखाएका मार्गदर्शनहरु भने आजपर्यन्त उस्तै छन् ।

वि.सं. २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएयता मदन–आश्रितको सम्झना र सम्मानमा नागरिक र पार्र्टिै तहमा धेरै काम भएका छन् । नेकपा एमालेले संस्थागत निर्णयबाटै मदन–आश्रित स्मृति प्रतिष्ठान सञ्चालन गरेको छ भने मदन भण्डारी फाउन्डेसनको शाखा देशभर पार्टीको समानान्तर कमिटी झंै गरी विस्तार भएका छन् । भण्डारीकै नाममा खुलेका प्रतिष्ठान, शिक्षालय, बाटोघाटो, प्रतीक्षालयका नाममा सरकारका तर्फबाट पनि बर्सेनि करोडौं रकम विनियोजन हु“दै आएको छ । एकिकृत पार्टीको मार्गदर्शक सिद्धान्त पनि बहुदलीय जनवादकै जगमा बनेको छ । मदनले जनताको बहुदलीय जनवाद मार्फत परिकल्पना गरेको समाजवाद सम्म पुग्न अझ धेरै बाँकी छ । तर, बर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रम समाजवाद उन्मुख भनेर अगाडी सारेको छ अबका दिनमा पनि मदनले कोरेको मार्गचित्रमा नेकपा अघि बढ्नुको विकल्प छैन ।

भलै, विश्व परिवेश र समय अनुसार जनताको बहुदलीय जनवादमा समायानुकुल परिमार्जन गर्दै अझ उन्नत बनाउनुपर्ने छ ।
क्यामरापर्शन धु्रव अधिकारीका साथमा एबीसी रिपोर्टर सपना थामी, काठमाडौं ।
बनारसमा अध्ययन गर्दा साहित्यिक, सांस्कृतिक मोर्चामा आबद्ध हु“दै राजनीतिमा सक्रिय रहनुभएका मदन भण्डारीले भुमिगत जीवन बिताउनुभयो । जब भुमिगत जीवनबाट सार्वजनिक हुनुभयो उतिखेर देशले अपेक्षा गरेको एउटा प्रिय नेताको रुपमा आफ्नो परिचय बनाउनुभयो । टुटफुट र विभाजनको राजनीतिबाट आक्रान्त बनेका कम्युनिष्ट पार्टीहरुलाई उहा“ले एक गराउनको निम्ति निकै प्रयत्न गर्नुभएको थियो ।

तत्कालीन समयमा दुई पार्टीबिच एकिकरण गराएर देशकै ठुलो कम्युनिष्ट पार्टी समेत बनाउनुभयो । कम्युनिष्ट पार्टी भित्र विश्वभर विचारको राजनीति क्रमशः स्खलित हु“दै गइरहेको अवस्थामा नेपालमा भने यहाको परिस्थिति सुहाउदो कार्यक्रम बनाएर कम्युनिष्ट आन्दोलनलाई हराभरा बनाउनु त भयो नै विश्वलाई नै एउटा शन्देश प्रवाह गर्नुभएको थियो । मदनको योगदानलाई कदर गदैै अबको दिनमा पनि कम्युनिष्ट पार्टीहरु विचार र आदर्शमा दृढ रहेर काम गर्नु आवश्यक छ । (क्रमश)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board