Nepal Page

१३ असार २०७७, शनिबार


नेकपा स्थायी कमिटी बैठक सकियो : अर्को बैठक १६ गते बस्ने

काठमाडौं, १३ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको छ ।

अर्को बैठक यहि असार १६ गते बस्ने भएको छ । बैठकबारे शनिबार अपरान्ह पत्रकारहरूलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको बताए । अर्को बैठक असार १६ गते विहान ११ बजे पुन बस्ने गरि सकिएको हो उनले भने । भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले १६ गतेका लागि बैठक पुन बस्ने प्रवत्ता श्रेष्ठले बताए ।

शनिबार सीमाबारे स्थायी कमिटीमा छलफल भएको थियो। २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेको श्रेष्ठले बताए । असार १६ गते सीमाबारे केहीबेर छलफल गर्ने र अरू एजेन्डामाथि छलफल हुने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति