27 June, 2020 12:38 pm


आफ्नै छोरीसँग पनि महेशको पवित्र सम्वन्ध थिएन !

बलिउड, १३ असार । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले अहिले बलिउडमा भईरहेको विकृतिको उदाँगो भईरहेको छ । सुशान्तले आत्महत्या डिप्रेसनका कारण गरेको ‘तथ्य’ लाई अहिले धेरैले पत्याउन छाडेका छन् । दुई साता अगाडि आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

सुशान्त पछिल्लो समय दुईवटा कुराले प्रताडित थिए, पहिलो करिअर र दोस्रो प्रेम । करिअरले सोचेको उचाई लिन सकिरहेको थिएन भने प्रेममा उनीमाथि चिटिङ भइरहेको थियो । यस प्रकरणमा भारतीय मिडियाहरुमा विरोधाभाषपूर्ण रिपोर्टहरु आइरहेका छन् । मुलधारका मिडिया र साना मिडिया (यूट्यूव च्यानलहरुसहित)को फरक रिपोर्ट छ । मुलधारका मिडियाले डिप्रेसनका कारण सुशान्तले आत्महत्या गरेको भनेर घटनालाई सरलिकरण गरेका छन् । तर, साना मिडियाले चाहिँ घटनालाई शंकाष्पद मानेका छन् ।

कतिपय हत्या नै भएको ठोकुवा पनि गरेका छन् । सामाजिक सञ्जालमा भारतीयहरुको आम अभिमत पनि यो सामान्य आत्महत्या होइन भन्ने छ । सुशान्तको ‘आत्महत्या’ पछि उनका फ्यानहरु आदित्य चोपडासहित अन्य केही बलिउड हस्तिहरुमाथि खनिएका छन् । सबैभन्दा बढि आक्रमणको तारो बनेका छन् निर्देशक करण जोहर र नायक सलमान खान । उनीहरुविरुद्ध विहारको एक अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा समेत दायर भएको छ । यी दुईको के कनेक्सन थियो त सुशान्तसँग ?

सुशान्तमाथि धेरैले प्रोडक्सन हाउसले पहिलो चलचित्र नै हिट भएपछि चाख देखाएका थिए । तीमध्ये यशराज फिल्म्सले उनलाई तीन चलचित्रका लागि अनुवन्ध गर्यो । ती फिल्महरु नसकिँदासम्म अन्य प्रोजेक्टमा काम नगर्ने शर्तसहितको सम्झौतापत्रमा सुशान्तले हस्ताक्षर गरे । यही सम्झौता उनका लागि गलपासो बन्यो ।

सुशान्तको आत्महत्या प्रकरणमा अहिले अर्को खुलासा भएको छ । उनकी प्रेमिका रिया चक्रवर्ती बयोवृद्ध बलिउड निर्देशक महेश भट्टसँग समानान्तर अफेयरमा रहेको खुलासा भएको हो । महेश भट्ट र रियाका अन्तरंग तस्वीरहरु अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएका छन् । सुशान्तको दुखान्तमा महेश भट्ट र रियाको अहम् भूमिका रहेको चर्चा तीव्र भइरहेको छ । यद्यपि, शक्तिको भक्ति गाउने मुलधारका मिडियाले भने यो विषयलाई ढाकछोप गर्न खोजेका छन् ।

रिया हजुरबा उमेरका वृद्धसँग कसरी प्रेममा परिन् त ?
यसमा दुई कारण थिए, पैसा र करिअर । महेश उनका लागि जति पैसा खर्च गर्न पनि तयार थिए । साथै उनले आफ्ना फिल्ममा पनि रियालाई चान्स दिने लोभ देखाएका थिए । दुईवटा फिल्ममा खेलाएका पनि छन् । महेशले बनाएका ‘मेरे ड्याडकी मारुती’ र ‘हाफ गर्लफ्रेन्ड’मा रियाको छोटो भूमिका छ ।

७१ वर्षिय निर्देशक महेश भट्ट चर्चित नायिका आलिया भट्टका बुवा हुन् । उनको छवि पहिल्यैदेखि विवादित छ । आफ्नै छोरी पुजा भट्टसँग आपत्तिजनक फोटोसेसनदेखि कास्टिङ काउचसम्मका विवादमा उनी मुछिएका छन् ।

भट्टले लोरेन ब्राइट नाम गरेकी विदेशी युवतीसँग पहिलो विवाह गरेका थिए । तर, विवाह गरेको केही समयमै उनी परबिन भावी नाम गरेकी अभिनेत्रीसँग उनको अफेयर सुरु भयो । त्यो थाहा पाएपछि लोरेनले उनलाई छोडिन् । यता, परविनसँग पनि उनको सम्वन्ध टुट्यो । पछि परविनले आत्महत्या गरिन् । त्यसपछि भट्टले मुस्लिम युवती सोनी राजदानसँग बिहे गरे । सोनीबाटै जन्मिएकी हुन् आलिया ।

त्यसो त आलियाको विषयमा विभिन्न अफवाह छन् । उनलाई सोनीले नभएर सौतेनी दिदी पुजा भट्टले जन्माएको भनेर गाईंगुईं चल्दै आएको छ । पुजा महेशकी पहिलो श्रीमतीतर्फकी छोरी हुन् । आफ्नै छोरीसँग पनि महेशको पवित्र सम्वन्ध थिएन । एक अन्तरवार्तामा उनले भनेका थिए, ‘मेरी छोरी नभएको भए पुजासँग विहे गर्थेँ ।’ महेशले छोरी पुजासँग टङ किस गरेको कभर फोटो एक म्यागजेनमा प्रकाशित भएको थियो ।

केही समय अगाडि ‘कफी विथ करण’ नामक टिभी कार्यक्रममा गेस्ट बनेर गएकी थिइन् आलिया भट्ट । उक्त टक शोका सञ्चालक करण जौहरले उनलाई सोधे, ‘तपाईंको विषयमा फैलिएको सबैभन्दा ठूलो अफवाह के हो ?’ आलियाले निशंकोच जवाफ दिइन्, ‘यही कि म आफ्नी दिदी पुजा भट्टको छोरी हुँ ।’

बुढेसकालसम्म पनि महेश भट्ट नयाँ–नयाँ अफेयरमा रमाइरहे । सात वर्ष अगाडि आत्महत्या गरेकी नायिका जिया खानसँग पनि महेशको प्रेमसम्वन्ध रहेको खुलासा भएको थियो । आफूभन्दा ४० वर्ष कान्छी युवती रियासँग तीन वर्षदेखि निकट भएका हुन् महेश । दुई वर्ष अगाडि रियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा महेशसँगका अन्तरंग तस्वीरहरु हालेकी थिइन् ।

त्यसको क्याप्सनमा लेखेकी थिइन्– ‘माइ बुढ्ढा’ (मेरो बुढो) । ती तस्वीर र क्याप्सनले सामाजिक सञ्जाल निकै तताएको थियो । पछि महेश भट्टले स्पष्टिकरण दिँदै रिया आफ्नो छोरीजस्तो भएको बताए । जबकि तस्वीरहरुले उनीहरुबीच नाजायज सम्वन्ध रहेको स्पष्ट देखाउँछन् । अहिले भाइरल भएका तस्वीर तिनै हुन् । रियाले आफ्नो अकाउन्टबाट यी तस्वीरहरु हटाइसकेकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board