चिनियाँ अधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा

काठमाडौं, १३ असार । चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले घोषणा गरेका छन्। चिनियाँ अधिकारीहरू हङ्‍कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएको अमेरिकाको निष्कर्ष छ ।

पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका पदासीन र भूतपूर्व अधिकारीहरूप्रति लक्षित छ। तर, अमेरिकाले प्रवेशाज्ञामा लगाएको प्रतिबन्धबाट प्रभावित हुने चिनियाँ अधिकारीहरूको नाम पोम्पेओले उल्लेख गरेका छैनन्।

चीनले अमेरिकी निर्णय त्रुटिपूर्णू भएको भन्दै फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएको छ। चिनियाँ संसद्‌को बैठकको पूर्वसन्ध्यामा अमेरिकाले चिनियाँ नेताहरूलाई अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेको हो।

आइतवारदेखि आरम्भ हुने न्याश्नल पीपल्स कङ्ग्रेसको स्थायी समितिले हङ्‍कङका लागि बनाइएको कानुनबारे छलफल गर्नेछ।

चीनले के भन्यो ?
केही समयअघि अमेरिकी सिनेटले हङ्‌कङको स्वायत्ततालाई अनादर गर्ने व्यक्ति र उनीहरूसँग कारोबार गर्ने व्यापारी तथा व्यवसायलाई प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भएको थियो।

पोम्पेओले सिनेटको निर्णयअनुरूप यो घोषणा गरेका हुन्।प्रतिक्रियामा वाशिङ्टनस्थित चिनियाँ राजदूतावासले अमेरिकी पक्षको अन्यायपूर्ण निर्णयहरूको कडा विरोधू गर्ने जनाएको छ।

ट्विटरमा एउटा विज्ञप्ति प्रेषित गर्दै राजदूतावासले अमेरिकालाई तत्काल आफ्ना गल्तीहरू सच्याउन, उक्त निर्णय फिर्ता लिन र चीनको आन्तरिक विषयमा हस्तक्षेत नगर्न आग्रह गरेको छ।बीबीसी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति