27 June, 2020 7:07 am


भारतमा कोरोना भयावह : एकैदिन १८ हजार बढी कोरोना संक्रमित थपिए सगै मोदीको यस्तो आग्रह

काठमाडौं , १३ असार । भारतमा कोरोना भाइरसको अवस्था भयावह बनेको छ । एकैदिन १८ हजार २७६ नयाँ कोरोना संक्रमित थपिए सगै कुल संक्रमित संख्या ५ लाख ९ हजार ४४६ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ६ सय ८९ पुगेको छ । संक्रमण फैलिएपछि कतिपय राज्यहरुले पुनः लकडाउन कडा पारेका छन् ।

भारतमा अहिले लकडाउन खुकुलो पारिएको छ । शैक्षिक संस्थान र मनोरञ्जन स्थलहरु खुलेका छैनन् । अन्य क्षेत्र भने खुलाइएको छ ।

यसैवीच भारतिय प्रधानमन्त्री भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले “दुई गजको दुरी” भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उहाँले जोड दिए । कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउदै यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिए ।

प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारेपनि सतर्कता अपनाउदै अगाडी बढ्नु पर्ने धारणा ब्यक्त गरे ।

“हामी सवै अहिले तलमाथी भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,” उनले एक कार्यक्रममा भने ।

यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउदै उहाँले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिए ।

यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्कलगाउने लगायतका आधारभूत सतर्कताहरु अप्नाउनुको विकल्प नभएको उनको भनाई छ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board