नेकपा स्थायी समितिको बैठक जारी, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौँ, १२ असार । बालुवाटारमा अहिले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक जारी छ। आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य व्यक्त गरेका थिए ।

नेकपा श्रोतका अनुसार आज कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार,नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा,पार्टी कामको समीक्षा र संगठनात्मक एकताका बाँकी कामहरू सम्पन्न गर्ने र एमसीसी र विविध गरी प्रमुख सात एजेण्डामा छलफल हुने बताइएको छ ।

कार्यसूचीका विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदको भत्ताका विषय राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति