सुशान्तको जीवनीमा २ वटा फिल्म निर्माणको घोषणा

बलिउड १२ असार । बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएपछि उनको जीबनमा आधारित चलचित्र बन्ने भएको छ ।

जुन १४ तारिखमा सुशान्तले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । बलिउडमा राम्रो स्थान बनाइसकेका सुशान्तले आखिर किन आत्महत्याको बाटो रोजे ? यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अब, भने बलिउडका केही मेकरले सुशान्तको कथामा चलचित्र निर्माण सुरु गरेका छन् । निर्देशक सनोज मिश्रले सुशान्तको कथामा कथा लेख्न सुरु गरेका छन् ।

उनका अनुसार, यो कथा सुशान्तको बायोपिक भने होइन । तर, उनको जीवनीमा आधारित रहेर तयार चलचित्र निर्माण हुनेछ । चलचित्रको नाम ‘सुशान्त’ राख्ने तयारी उनको छ ।

यो चलचित्रमा सपना पुरा गर्न मुम्बई आएको एक यूवकको कथा समावेश गरिनेछ । तर, सपना पुरा गर्दैगर्दा विभिन्न खालका ह्यारेसमेन्टका कारण आत्महत्याको बाटो रोज्ने यूवकको कथालाई सनोजले पर्दामा उतार्ने तयारी गरेका छन् ।

यस भन्दा अगाडि, सामिक मौलिकले सुशान्तकै कथामा चलचित्र बनाउने घोषणा गरिसकेका छन् । उनले, ‘सुसाइड और मर्डर’ नामक चलचित्र बनाउने बताइएको छ ।

सुशान्त अभिनित चलचित्र ‘दिल वेचरा’ रिलिज हुँदै
उनै, सुशान्त अभिनित चलचित्र ‘दिल वेचरा’ जुलाई २१ बाट डिजिटल माध्यममा रिलिज हुँदैछ ।

हटस्टारमा यो चलचित्र रिलिज हुने र दर्शकले निशुल्क चलचित्र हेर्न पाउने बताइएको छ ।

सुशान्तको निधनपश्चात उनको योजनाको बिषयमा पनि विभिन्न खालका खबर सार्वजनिक भैरहेका थिए । सुशान्तको निधन भएको करिब २ सातापछि उनका पिताले उनी बिहेको तयारीमा रहेको बताएका छन् ।

भारतीय मिडियासँग कुरा गर्दै सुशान्तका पिताले सन् २०२१ को सुरुवातमै सुशान्तले बिहेको तयारी गरेको बताएका छन् । उनले भनेका छन्–‘सुशान्तले चलचित्र रिलिज भएपछि बिहे गर्ने बताएका थिए । तर, उनले यूवतीको नाम भने मलाई भनेका थिएनन् ।’

सुशान्तको प्रेम रिया चक्रवर्तीसँग चलिरहेको थियो । सुशान्तले पछिल्लो समयमा निकै कम कुराकानी गर्ने गरेको पनि उनका पिताले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board