महत्वपूर्ण प्रजातिका बिरुवा संरक्षण अभियान शुरु

जनकपुधाम, १२ असार । एक अभियानकर्मीले पर्यावरण र जैविक विविधताका दृष्टिले महत्वपूर्ण प्रजातिका बिरुवाका विभिन्न स्थानबाट खोज र उद्धार गरी संरक्षण गर्ने अभियान थालनी गरेका छन् ।

अभियन्ता सुरेश शर्माले पर्खाल, सडक, खेतलगायत विभिन्न स्थानमा उम्रेका पीपल, पाखर, समी र गुल्लर जस्ता बिरुवाको संरक्षण गर्ने अभियान थालनी गरेका हुन् ।

अभियानका क्रममा एक साताका अवधिमा उद्धार गरिएका आठ सय बिरुवाको स्याहारसुसार गर्न पोली ब्यागमा राखी डिभिजन वन कार्यालय धनुषा परिसरमा रहेको वन नर्सरीमा रोपण गरिएको छ । वन नर्सरीमा रोपण गरिएका बिरुवा वृक्षरोपण गर्ने उपयुक्त भएपछि सुरक्षित स्थानमा रोपण गरिने जनाइएको छ ।

उनका अनुसार विभिन्न कारणले ती विरूवाको कटान गरिएका कारण चराको वास स्थान नष्ट हुनुका साथै चरा लोप र पर्यावरणीय समस्या देखिएको छ । ३० वटा बिरुवालाई जनकपुरधाम उपमहानगरपालिका विभिन्न स्थानमा रोपणसमेत गरिएको उनले बताए ।

आगामी दिनमा यो अभियान प्रदेश नं २ का आठै जिल्लामा थालनी गर्ने लक्ष्य राखिएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति