26 June, 2020 11:11 am


इंग्लिस प्रिमियर लिग फुटबलः लिभरपुल बन्यो च्याम्पियन

काठमाडौं, ११ असार । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । प्रिमियर लिग अन्तर्गत गएराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसंग २-१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी बु्रयनले एक गोल फर्काए । चेल्सीको जितसंगै लिभरपुलले ३० वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

यस अघि लिभरपुलले सन् १९८९ र ९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो । लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । यदि सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो ।

चेल्सीसंग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ । साविकको विजेता समेत रहेको सिटीको ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ ।

यस सिजन लिभरपुलले २८ खेलमा जित निकाल्दा २ खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ । जर्मन प्रशिक्षक क्लोपले गत सिजन लिभरपुललाई उपविजेता बनाएको थियो । यस्तै च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board