Nepal Page

१२ असार २०७७, शुक्रबार


३० वर्षपछि लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं, १२ असार । लिभरपुल ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ । गएराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ –१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।


घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । यदि सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो ।चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति