25 June, 2020 5:53 pm


बलिउड अभिनेता सुशान्तको यस्तो छ पोस्टमार्टम रिपोर्ट

बलिउड, ११ असार । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको शरीरको फाइनल पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको रिपोर्टअनुसार अभिनेताको मृत्युमा सन्देश गर्नुपर्ने ठाउँ छैन । पाँचजना डाक्टरको टिमले तयार गरेको यस रिर्पोटमा फासी लागेपछि सास रोकिएर सुशान्तको मृत्यु भएको उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार सुशान्त सिंहको भिसरा रिपोर्ट आउन भने बाँकी छ । मुम्बई पुलिसले महाराष्ट्र फरेन्सिक विभागलाई यसको परीक्षण चाडै गर्नका लागि पत्र लेखेको छ । पोस्टमार्टम रिपोर्ट आउनुअघि सुशान्तको हत्या भएको हुनसक्ने भन्दै घटनाबारे छानविन गर्न परिवारले केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) सँग माग गरेको थियो ।

सुशान्तको मृत्युपछि प्रहरीले परिवार, साथीभाई, पुराना म्यानेजर, टिमका सदस्य, घरमा काम गर्ने कर्मचारी, गर्लफ्रेन्ड रिया चक्रवर्ती समेत झन्डै २३ जनासँग बयान लिएको छ ।

सुशान्तले अन्तिमपटक गरेको कुराकानीबारे पनि छानविन गरिएको छ । उनले अन्तिमपटक म्यानेजर उदयसिंह गौरीसँग फिल्माबारे कुराकानी गरेका थिए । त्यस्तै, प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा उनले गरेका ट्वीटबारे पनि छानविन गरेको छ ।

प्रहरीले यसक्रममा उनले आफ्ना केही ट्वीट आफैं डिलिट गरेको हुनसक्ने आशंका गरेको छ । प्रहरीका अनुसार उनको ट्वीट ह्यान्डलबाट २७ डिसेम्बर २०१९ मा अन्तिमपटक ट्वीट गरिएको थियो, यो ट्वीट मास्टरकार्ड इन्डियाको विज्ञापन थियो । त्यसपछि उनले कुनै ट्वीट गरेको देखिन्न । जबकी, २७ डिसेम्बर २०१९ अघि सुशान्त कहिल्यै ट्वीटरबाट यति लामो समय टाढा भएको देखिदैंन । मुम्बई प्रहरीले ट्वीटरलाई पत्र पठाएर सुशान्त सिंह राजपूतको पछिल्लो ६ महिनाको ट्वीट मागेको छ ।

फेसबुकमा पनि सुशान्तको अन्तिम पोस्ट २७ डिसेम्बर २०१९ मै आएको थियो, यो पनि मास्टरकार्डकै विज्ञापन थियो । सुशान्त मृत्यु हुनभन्दा ११ दिनअघिसम्म इन्स्टाग्राममा सक्रिय थिए ।

उनले आमाको फोटो गर्दै उनको संझनामा अन्तिम ट्वीट गरेका थिए । सन् २००० मै सुशान्तकी आमाको मृत्यु भएको थियो ।

सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए । आत्महत्या दुरुत्साहन मुद्दामा चर्चित सेलिब्रेटीसहितका केही व्यक्तिविरुद्ध अभियोग दर्ता भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board