25 June, 2020 3:15 pm


ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुर, ११ असार । ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पाटनमा कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो । यसअघि नै उनलाई परीक्षणका क्रममा कोरोना देखिएको थियो। काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन रहेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board