25 June, 2020 1:35 pm


बैदेशिक रोजगारी खुलाउने सरकारको निर्णय, यस्तो छ तयारी

काठमाडौं, ११ असार । कोरोना भाईरस (कोभिड – १९) को जोखिमका कारण बन्द भएको वैदेशिक रोजगारी फेरि खुलाउने सरकारले निर्णय गरिसकेको छ ।

सरकारले बिदामा आएकालाई पुनः श्रम स्वीकृतिसंगै नयाँलाई पनि रोजगारीमा जान दिने निर्णय गरेको हो । तर, त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस भने अनिवार्य चाहिन्छ ।

सरकारको निर्णयपछि श्रम मन्त्रालयले काम अघि बढाएको जनाएको छ । कोरोना महामारीका कारण बिदामा घर फर्किएकाहरु फेरि विदेश जान पाएका छैनन् । उनीहरुलाई पुनः श्रम स्वीकृति दिएर पठाउन सम्बन्धित देशको दूतावाससंग र सम्बन्धित देशहरुसंग पनि समन्वय गर्नुपर्ने भएकाले यी सबै कुरा समन्वय हुने गरी कार्य प्रक्रियाहरु निर्धारण गरिनेछ ।

पहिले कोरोना महामारीको जोखिम कम रहेका देशमा श्रमिक पठाउने सरकारको तयारी छ । सरकारले वैदेशिक रोजगारीमा श्रमिकलाई जान दिने निर्णय गरे पनि नेपालीको मुख्य श्रम गन्तव्य देशले भने यात्रुको प्रवेशमा रोक लगाएका छन् ।

कतिपय देशमा अन्तर्राष्ट्रिय उडान बन्द नै छ भने खुलेका देशले पनि केही निश्चित यात्रुलाई बाहेक अरुलाई प्रवेशमा रोक लगाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board