25 June, 2020 1:07 pm


जुम्लाको बाइराँका गाउँले अझै दुषि पानी पिउन बाध्य छन्

खलङ्गा,११ असार । जुम्लाको तातोपानी गाउँपालिका – १ बाइराँका गाउँका बासिन्दालाई दूषित पानी पिउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन । यहाँका नागरिकले तिला नदीको दूषित पानी पिउनुपरेको समाचार पटक पटक सञ्चारमाध्यममा आए तापनि गाउँपालिकाले चासो नदिँदा सो वडावासी वर्षौँदेखि स्वच्छ खानेपानीको पहुँचमा पुग्न नसकेको स्थानीयवासी हेमन्त शाहीले बताउनुभयो ।

करीब १३० घरधुरी भएको सो गाउँमा तीन धारा मात्रै छन् । धारामा पानी आउन्जेल पालो पाउनेले भर्छन्, बाँकीले नदीको पानीबाट तिर्खा मेट्छन् । यहाँका किसानलाई जेठ र असार महिना कामको चाप अत्यधिक हुन्छ । कामबाट घर ढिलो फर्केएपछि धाराको पानी लिन राति पुग्ने गरेको स्थानीयवासी कमला शाहीले बताउनुभयो ।

समय भएको दिन दूषित पानी उमालेर पिए पनि कामबाट अबेर आएको दिन त्यसै पिउनुगरेको शाहीको गुनासो छ । बालिका विमला शाहीले सरसफाइ गर्ने मन हुँदाहुँदै पनि पानी अभावले फोहरी हुनुपर्ने बाध्यता रहेको दुखेसो पोख्नुभयो ।

छिमेकी वडाबाट यही असारमा बाइराँकामा पानी पु¥याउने गरी काम शुरु भएपनि बन्दाबन्दीपछि काम रोकिएकाले अबको तीन महिनाभित्र गाउँमा खानेपानी पुग्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board