25 June, 2020 12:48 pm


चट्याङ् लागेर सप्तरीका छुट्टाछुट्टै ठाउँमा ४ जनाको मृत्यु

काठमाडौं ११ असार । बिहिबार बिहान वर्षासंगै परेको चट्याङ् लागेर सप्तरीका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको छ । सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको हो । बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ । घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेल्ही चपेनाकै चट्याङ लागेर घाइते भएकी १८ वर्षीया आशा मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । त्यस्तै, मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर दुई युवतीको मृत्यु भएको छ ।

अर्का एक किशोर घाइते भएका छन् । गएराति घरमै परेको चट्याङ लागेर बकैया–२ कालापानीकी २५ वर्षीया बिना घिसिङ र १७ वर्षकी सम्झना घिसिङको मृत्यु भएको हो । चट्याङ लागेर सम्झनाको घटनास्थलमै मृत्यु भएको हो । बिनाको भने दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते १४ वर्षीय जिम्वाको दोभान स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board