24 June, 2020 7:23 pm


अब आमाको नामबाट पनि नागरिकता पाईने

काठमाडौं १० असार । नेपालमा अब आमाको नामबाट पनि नागरिक्ता पाउने भएको छ । विगतदेखि नै नेपालमा आमाको नामबाट नागरिकता पाउनुपर्ने बहस उठिरहेको थियो । संसदीय समितिबाट पास भएको बिधेयकले अब आमाको नामबाट पनि नागरिक्ता पाउनुपर्ने ब्यवस्थाको ढोका खोलेको छ ।

हालै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संसोधन विधेयकमा आमाको नामबाट नागरिकता प्राप्ति सम्बन्धि विशेष व्यवस्था गरिएको हो । यो विधेयक प्रतिनिधिसभामा बुझाईको छ र संसदमा छलफलपछि पारित हुने भएको छ ।

नेपाल नागरिकता पहिलो संशोधन ऐन २०७७ को रुपमा आउन लागेको विधेयकमा मूल ऐनको दफा ८ संशोधन गर्दै सो को उपदफा १ को क २० मा नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निजको आमाले गरेको स्वघोषणाको आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ । यसबाट बावुको पहिचान नभएकाले आमाको नामबाट नागरिकता पाउन सक्नेछन् ।

निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा नागरिकता लिने व्यक्तिले गरेको स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ ।

यस्तै बाबु आमाको ठेगान नभएको नेपाल भित्र फेला परेको व्यक्तिको हकमा बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस, कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस, अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा नागरिकता दिने प्रावधान राखिएको जनाईएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board