24 June, 2020 5:57 pm


नेकपाले गर्‍यो अख्तियारसम्बन्धी विधेयक रोक्ने निर्णय

काठमाडौं, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ ।

अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधायन समितिले राष्ट्रिय सभामा प्रतिवेदन पेश गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा विधेयकको विरोध गर्नुभएको हो ।

प्रतिवेदनमा आएजसरी नै विधेयक पास गरे दुरुगामी असर पर्ने भन्दै नेताहरुले विरोध गरेपछि यसलाई थाती राख्ने निर्णय भएको श्रोतको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board