Nepal Page

१० असार २०७७, बुधबार


नेपाली सेनालाई अमेरिकी राजदूत बेरीले गरे स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं, १० असार ।  नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री अमेरिकाले सहयोग गरेको छ । जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
उक्त सामाग्री कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि ‘राष्ट्रिय अभियान सफल बनाउन उपलव्ध गराएको जंगी अड्डाले जनाएको छ । प्रधानसेनापति थापाले अमेरिकाको सहयोगप्रति आभार प्रकट गनुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति