24 June, 2020 4:35 pm


नेपालमा थप ६२९ जनामा कोरोना, संक्रमितको संख्या १०७२८

काठमाडौं, १० असार । नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको जानकारी दिएको हो ।

त्यस्तै, २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेको स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । 

अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board