24 June, 2020 3:31 pm


आमाबाबुको कोरोना नेगेटिभ, भर्खर जन्मेको तिम्ल्याहा पोजेटिभ !

मेक्सिको, १० असार । मेक्सिकोमा सोमबार जन्मेका तिम्ल्याहा बच्चा कोभिड–१९ को परीक्षणमा पोजेटिभ पाइएका छन् । तर, आमाबाबु दुवैको परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

पोटोसी राज्यका स्वास्थ्य सचिवका अनुसार स्वास्थ्य अधिकारीहरुले यस्तो घटना पहिलो पटक सुनेको र उनीहरु कसरी संक्रमित भए भनेर अनुसन्धान सुरु गरेको छ ।

‘दुवै आमाबाबुको पीसीआर परीक्षणपछि यो घटना हाम्रा स्वास्थ्यकर्मी मात्र नभएर विश्वभरका अनुसन्धानकर्ताहरुका लागि भाइरसको व्यवहार बुझ्नका लागि राम्रो उदाहरण हुनसक्छ,’ स्वास्थ्य सचिव मोनिका लिलियाना मार्टिनेजको भनाई छ ।

ती तीन तिम्ल्याहा इग्नासियो मारोनेस प्रीएटो सेन्ट्रल अस्पतालमा समय अगावै जन्मिएका थिए । उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार एक बच्चामा श्वासप्रश्वासको समस्या देखिएपनि समस्या गम्भीर नरहेको बताइएको छ । आमाको स्वास्थ्यमा पनि सुधार भइरहेको छ ।

गत जुन १७ मा जन्मिएका तिम्ल्याहाको सोही दिन परीक्षण गर्दा कोरोनाभाइसको संक्रमण देखिएको थियो । दुई बच्चा एक छोरा र छोरीको अवस्था सामान्य रहेको छ भने एक छोरामा भने श्वास प्रश्वासको समस्या देखिएको छ ।

विश्वमा पहिलो पटक यसरी एकभन्दा बढी बच्चा जन्माउँदा एकैपटक संक्रमण देखिएको हो ।

मेक्सिकोमा हालसम्म १ लाख ८५ हजार १२२ जनामा कोरोनाभाइरसको संक्रमण देखिसकिएको छ भने २२ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सीएनएन

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board