Nepal Page

१० असार २०७७, बुधबार


नेकपाको पाँचौ स्थायी कमिटि बैठकबाट सात वटा मुख्य कार्यसूची तय : यस्ता छन् कार्यसूची

काठमाडौं, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पाँचौ स्थायी कमिटिको आजको बैठकले सात वटा मुख्य कार्यसूची तय गरेको छ ।

कार्यसूचीमा अ‍ेमेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), कोरोनालगायतका विषयलाई समेट्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
बैठकले अन्य कार्यसूचीमा बैठकको शुरुमा नै पार्टीका अध्यक्ष द्वयले विचार राख्ने, कोरोना सङ्क्रमण नियन्त्रण तथा उपचार, सीमा समस्या, सरकारको कामको समीक्षा, पार्टीको कामको समीक्षा, पार्टी एकीकरणको बाँकी साङ्गठनिक एकीकरणलगायत विषय र एमसीसी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, विविध विषयमा रुकुमको सोती घटना, हाल संसदमा राज्य व्यवस्था समितिले पारित गरेको नागरिकता विधेयक, कोभिड–१९ को रोकथामका लागि कर्मचारीले कुनै भत्ता नलिने विषयमा गरेको निर्णयसँगै सङ्घीय सांसदहरूले सोही अनुसार गर्न सकिन्छ भन्ने विषयमा आफ्नो पार्टी र अन्य दलहरूसँग छलफल गर्नेजस्ता कुरा समेटिएको उहाँले जानकारी दिनुभयो ।

साथै बैठकमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र समग्र परिस्थितिका बारेमा सकारात्मक र कमजोर पाटाहरू राख्न र सकारात्मक सन्देश दिने गरी स्वस्थ आलोचनात्मक र जिम्मेवारीपूर्वक विचार राख्न आग्रह गर्नुभएको बताउनुभयो ।

अर्का पार्टी अध्यक्ष प्रचण्डले समग्र पार्टी, देशको परिस्थिति सबै कुरालाई विचार गरेर पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारीबारे सकारात्मक विचार राख्न र आफ्ना कमीकमजोरीको जो–जसबाट भएको छ उसले जिम्मेवारी लिन आग्रह गर्नुभयो ।

आजको बैठकले ७ वटा एजेन्डा स्वीकृत
१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन ।
२. कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा ।
३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
४ . सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६. एममसीसीका सम्बन्धमा ।
७. विविध ।
(क)रूकुम घटना
(ख) नागरिकता विधेयक र
(ग) संघीय संसदका सदस्यहरूको भत्ता ।
अर्को बैठक असार १२ गते बस्ने तय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति