Nepal Page

१० असार २०७७, बुधबार


नेपाल विद्यार्थी संघले उपकुलपति बाँस्कोटाको कुर्सी जलाए

काठमाडौँ, १० असार । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन्।

बुधबार विभिन्न माग लिएर त्रिवि उपकुलपति कार्यालय पुगेका नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्सी जलाएका हुन्। आफ्ना कार्यकर्ताका मागबारे वेवास्ता गरेपछि कुर्सी जलाउनुपरेको नेविसंघले बताएको छ । उपकुलपतिको कार्यकक्षबाट कुर्सी बाहिर ल्याएर त्रिवि हाताभित्रको सडकमा नेविसंघले जलाएका हुन्।

नेविसंघका ती पदाधिकारीका अनुसार त्रिविले विद्यार्थी प्रतिनिधिविनै सिनेट बैठक आयोजना गरेकोमा विरोध गरिएको थियो। विश्वविद्यालयले विभिन्न पदमा नियुक्ति गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्तालाई भर्ती गरेको भन्दै नेविसंघले विरोध गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति