24 June, 2020 9:19 am


हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौं : डोनल्ड ट्रम्प

एजेन्सी, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन छिट्टै प्राप्त हुन लागेको बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एरिजोनामा एक चुनावी सभाको क्रममा विद्यार्थीलाई सम्बोधन गर्दै कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची प्रस्तुत गर्नुभएको हो । उहाका अनुसार केहि मानिसहरुले यो भाइरसलाई ‘ऊहान भाइरस’, ‘कुंग फ्लू’ र ‘द चाइनिज फ्लू’ जस्तो नाम दिइरहेका छन् ।

राष्टपति ट्रम्पले भन्नुभयो , ‘हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौं, हामीले अमेरिकी सेनालाई शक्ति दिएका छौं ।’ डोनल्ड ट्रम्पले मानिसहरुलाई यो रोगबाट बचाउनका लागि भेन्टिलेटरको कमी हुन नदिएको पनि जानकारी दिनुभयो र सरकारले न्यूयोर्कसम्म अस्पताल बनाइदिए पनि ती प्रयोगमा नआएको समेत बताउनुभयो । कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारी बढ्ने संकेत पनि भेटिएको छ तर राष्टपति ट्रम्पले भन्नुभयो , ‘हामीले अमेरिकी अर्थव्यवस्थालाई यो समस्याबाट बचाउनका लागि तीन अर्ब डलरको कोषका लागि विधेयक पास गरेका छौं । तपाईंहरु जस्तो अमेरिकी विद्यार्थीका लागि रोजगार सुरक्षित गर्ने उद्देश्यले हामीले ऐतिहासिक निर्णय लिएका छौं जसमार्फत् जागिर विदेशीको हातमा जानबाट रोकिनेछ । हामीले यो युद्ध अमेरिकी तरिकाले जित्नु पर्नेछ ।’
अमेरिकाले धेरैभन्दा धेरै रोजगार उत्पन्न गर्नुपर्ने पनि उहाले बताउनुभयो । उहाले सो र्‍यालीमा अमेरिकाले धेरैभन्दा धेरै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनु भएको थियो । ुहामीले मानिसहरूलाई उनीहरूको योग्यता अनुसारको ठाउँ दिनसक्नुपर्छ। यसो नगर्दा समस्या आउनसक्छ उहाले भन्नुभयो । अमेरिकामा कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २३ लाख नाघेको छ र मृतकको संख्या १ लाख पार गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board