23 June, 2020 7:24 pm


सिमाबाट सेना फिर्ता बोलाउने भारत-चीनबीच सहमति

काठमाडौं, ९ जेठ । भारत र चीनका सेनाबीच विवादित हिमाली सिमानाबाट सेना फिर्ता बोलाउने सहमति भएको छ । लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा गतहप्ताको सोमबार भारतीय र चिनियाँ सेनाबीच झडप हुंदा २० भारतीय सेनाको मृत्यु भएको थियो ।

चिनियाँ सेनाले भने आफ्ना सेनाको अवस्थाको बारेमा केही खुलाएको छैन । उक्त हिंस्रक झडपछि विवादित हिमाली क्षेत्रबाट आफ्ना सेनाहरु फर्काउन दुवै देश तयार भएको रोयटर्सले जनाएको छ । बेइजिङमा पत्रकारसँग कुराकानी गर्दै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भारत र चीन दुवै देशले तनावलाई अन्त्य गर्न सहमति गरेको जानकारी दिएका छन् ।

लिजियानले मंगलबार ४० चिनियाँ सेना मारिएको भन्ने भारतीय दाबीमा सत्यता नभएको पनि उल्लेख गरे । सोमबार भारत र चीनका सैन्य कमाण्डरबीच ११ घण्टा छलफल भएको थियो । लद्दाख नजिकको सिमानामा भारत र चीनबीच गलवान उपत्यका र पाङगोङ तालको विषयलाई लिएर विवाद छ ।

यी क्षेत्रहरु भारत र अक्साइ चीनसँग जोडिएका छन्। त्यसकारण दुवै देशले यी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । यसबीचमा गत मे महिनादेखि उक्त क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच आमनेसामने हुँदै आएको थियो। सोही क्रममा सोमबार झडप भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board