Nepal Page

८ असार २०७७, सोमबार


विश्वभर कोरोना संक्रमित हुनेको संख्या ९० लाख नाघ्यो : ४ लाख ६९ हजार ६०४ जनाको मृत्यु


काठमाडौं, ८ असार । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ९० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख ३० हजार २५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३८ हजार ८०९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ३३८ छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार ६०४ पुगेको छ ।

उपचारपछि निको हुनेको संख्या ४८ लाख ३४ हजार १३९ पुगेको छ भने ३७ लाख ३५ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ८७ हजार ६२६ जनाको मृत्यु भएको छ ।

२३ लाख १० हजार ९६१ जना संक्रमित भएकोमा १२ लाख ५८ हजार ३८५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार ९४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ लाख २९ हजार २०५ पुगेको छ । त्यसमध्ये १२ लाख १७ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४८ हजार २५६ जनाको मृत्यु भएको छ । १९ लाख ८२४ जना संक्रमित भएकोमा १२ लाख ४ हजार २९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ७१ हजार ४९१ जनाको मृत्यु भएको छ । १७ लाख ७८ हजार ८६५ संक्रमित भएकोमा ९ लाख ५९ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ८ हजार १४८ जनाको ज्यान गएको छ भने ३ लाख ९ हजार १५३ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४८ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ७९ जना संक्रमित भएकोमा ८ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति