Nepal Page

७ असार २०७७, आइतबार


गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो


 काठमाडौं, ७ असार ।  गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पुगेको हो । बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाग्लुङमा ९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै म्याग्दीमा ४ जना थपिएका हुन् । पर्वतमा २ र तनहुँमा १ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकीका ५०४ जना सङ्क्रमितमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ । यसअघि हिजो मात्रै गण्डकीमा १०८ जना सङ्कमित थपिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति