Nepal Page

७ असार २०७७, आइतबार


कोरोना अपडेट : विश्वभर ८९ लाखभन्दा बढी संक्रमित, ४७ लाख ३८ हजारबढी निको


काठमाडौं, ७ असार । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर ८९ लाखभन्दा बढी संक्रमित भएका छन् ।

आइतबार बिहानसम्म एकै दिन १ लाख ५६ हजार ९२३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८९ लाख ८ हजार ५५६ पुगेको छ ।
विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ४२८ छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार २६६ पुगेको छ ।

कोरोना संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४७ लाख ३८ हजार ६०६ पुगेको छ भने ३७ लाखभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ८७ हजार ३८७ जनाको मृत्यु भएको छ । २२ लाख ९७ हजार ७६७ जना संक्रमित भएकोमा १२ लाख ४९ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार २०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ९४ हजार ४७९ पुगेको छ । त्यसमध्ये १२ लाख ४ हजार ७३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४७ हजार २९१ जनाको मृत्यु भएको छ । १८ लाख ६० हजार ४८८ जना संक्रमित भएकोमा ११ लाख ७५ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ७० हजार २८७ जनाको मृत्यु भएको छ । १७ लाख ४४ हजार ३०७ संक्रमित भएकोमा ९ लाख ४८ हजार ८९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ९४१ जनाको ज्यान गएको छ भने २ लाख ९९ हजार ८४१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४४ हजार ९८५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५२ जना संक्रमित भएकोमा ८ हजार ४७० जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति