19 June, 2020 8:57 am


अमेरिकामा १ लाख २० हजारको मृत्यु, २२ लाख ६३ हजार कोरोना संक्रमित

काठमाडौं, ५ असार । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ६३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २७ हजार ९२४ जना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म १ लाख २० हजार ६८८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ४७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । कुल संक्रमितमध्ये ९ लाख ३० हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख १२ हजार १७५ जनामध्ये १६ हजार ५०३ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो समय अमेरिका कोरोनाबाट मृत्यु हुनेको संख्या कम हुदै गएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board