18 June, 2020 1:09 pm


ट्रमका पूर्व सल्लाहाकार बोल्टनको आरोप : फेरि चुनाव जित्न चिनियाँ राष्ट्रपतिसँग सहयोग लिने प्रयास

एजेन्सी । न्युयोर्क ४ असार । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सार्वजनिक हुनेक्रममा रहेको किताबमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा पुनः निर्वाचित हुन चिनियाँ राष्ट्रपतिसँग सहयोग लिने प्रयास गरेको खुलासा गरेका छन्।

किताबमा बोल्टनले चीनले अमेरिकी किसानका कृषि उत्पादन खरिद गरोस् भन्ने चाहना ट्रम्पले राखेको लेखेका छन्।

यसले ट्रम्पमाथि चलाइएको महाअभियोगको घटनालाई समेत सम्झना गराउने बताइएको छ।

ट्रम्प प्रशासन हाल बोल्टनको यो किताब नछापियोस् भन्ने प्रयासमा लागेको छ। अमेरिकाको न्याय मन्त्रालयले किताबमा ुगोप्यु सूचना रहेको दाबी गर्दै आएको छ।

ुद रूम ह्वेर इट ह्यापन्डु नामको यो किताब जुन २३ मा सार्वजनिक हुने बताइएको छ। किताब छापिने भएपछि यसै वर्षको जनवरीमा ह्वाइट हाउसले किताबमा कयौं गोप्य जानकारी रहेको र तिनलाई हटाउनुपर्ने बताएको थियो।

बोल्टनले भने ह्वाइट हाउसको दाबीलाई अस्वीकार गर्दै आएका छन्।

बोल्टनको किताबमा ट्रम्पलाई महाअभियोग लगाउन तय गरिएका आधारहरूका बारेमा पनि उल्लेख गरिएको छ।

जनवरीमा ट्रम्पविरूद्ध महाअभियोगको तयारी सुरू गरिएको थियो।

ट्रम्पमाथि युक्रेनका राष्ट्रपति वोलोदिमिर जिलेस्कीमाथि डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडन र उनका छोरा हन्टर बाइडनमाथि भ्रष्टाचारको छानविन गर्न दबाब दिएको आरोप लगाइएको थियो।

दबाब दिनका लागि ट्रम्पले युक्रेनले अमेरिकाबाट पाउँदै आएको सैन्य सहयोग रोक्ने धम्की दिएका थिए, यध्यपी ट्रम्पले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।

दुई हप्ताको महाअभियोग जाँचपछि ट्रम्पलाई रिपब्लिनहरूको बहुमत प्राप्त सिनेटले अभियोगको विपक्षमा मतदान गरेपछि सफाइ मिलेको थियो।

बोल्टनले राष्ट्रपति ट्रम्पले युक्रेनमा गरेका अलावा अन्य राजनीतिक हस्तक्षेपका घटनाहरूको जाँच गरेको भए महाअभियोगको जाँच फरक हुने बताएका छन्।

जॉन बोल्टन

राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा बोल्टन सन् २०१८ को अप्रिलमा ह्वाइटहाउस आएका थिए र सोही वर्षको सेप्टेम्बरमा पदबाट राजीनामाको दिएका थिए।

राष्ट्रपति ट्रम्पले भने बोल्टनलाई पदबाट बर्खास्त गरेको बताएका थिए।

ट्रम्प प्रशासन बोल्टनको किताबमाथि रोक लगाउन प्रयासरत भएपनि किताबमा उल्लेख गरिएका धेरै कुरा मानिसहरूको जानकारीमा छ।

कुनै पनि सल्लाहकार या कोही अज्ञात वर्तमान सहयोगीले राष्ट्रपति ट्रम्पको बारेमा यति भनेको यो पहिलोपटक भने होइन। बितेका साढे ३ वर्षमा ह्वाइट हाउसभित्र चल्ने सत्ता संघर्ष र निन्दाका कयौं किस्सा सार्वजनिक भइसकेका छन्।

बोल्टनका किताबमा भने केही फरक कुरा पनि छन्।

तीमध्ये उनले आफ्नो सत्ता टिकाउन कसरी राष्ट्रपतिले विदेश नीति तोडमोड गर्छन् भन्ने कुरा छ।

ट्रम्पविरूद्धको महाअभियोगमा मुख्यरूपमा यिनै कुरा थिए। बोल्टनले ट्रम्पले सैन्य सहयोग रोकेर ट्रम्पले युक्रेनमाथि बाइडनविरूद्ध भ्रष्टाचार मुद्धामा दबाब दिने कोशिस गरेका थिए।

बोल्टनले किताबमा ट्रम्पले पुनः राष्ट्रपतिमा निर्वाचित हुन चीनसँग आफूलाई सोका लागि फाइदा हुनेकिसिमले सम्झौता गर्न खोजेको कुरा उल्लेख गरेका छन्।

रिपब्लिकन्सहरूले भने यसलाई असन्तुष्ट कर्मचारीको धेरैभन्दा धेरै किताब बेच्ने प्रयास मात्र भएको बताउँदै आएका छन् भने डेमोक्रेटहरूले भने महाअभियोग जाँचका कुरा मानिसहरूले थाहा पाउनुपर्ने बताउँदै किताबको समर्थन गरेका छन्।

बोल्टनको किताबले ट्रम्पको दोश्रो कार्यकालका लागि भइरहेको प्रचार अभियानलाई प्रभावित पार्न सकिएको ठानिएको छ। नोभेम्बरमा अमेरिकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ।

सि जिङपिङमाथि पनि बोल्टनले लगाएका छन् आरोप

किताबका अनुसार गत वर्षको जुन महिनामा जापानको ओसाकामा भएको जी(सेभेनको वैठकमा ट्रम्प र सि जिङपिङबिच भेटघाट भएको थियो।

न्यू योर्क टाइम्सले बोल्टनको किताबको एक भाग छापेको छ।

सोका अनुसार चिनियाँ राष्ट्रपतिले ट्रम्पसँग चीनका केही अमेरिकी आलोचकले नयाँ शित युद्धको कुराको गुनासो गरेका थिए।

ुट्रम्पलाई लाग्यो कि सि जिङपिङले उनको डेमोक्रेटिक विरोधीको कुरा गरिरहेका छन्। ट्रम्पले आश्चर्यजनक रूपले आफ्नो कुराकानीलाई सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनतर्फ मोडिदिए र चीनको आर्थिक क्षमताको हवाला दिदैं जिङपिङसँग चुनावमा जित दिलाउन सहयोग गर्न भनेु, बाइडनले भने।

ुट्रम्पले किसानको महत्वमा जोड दिदैं चीनसँग सोयाबिन र गँहुको खरिद बढाउन भने ताकी चुनावको नतिजा उनको पक्षमा आओस्। जब सि कृषि उत्पादनलाई प्राथमिक्ता दिन सहमत भए तब ट्रम्पले उनलाई उनी चीनको सबैभन्दा महान नेता भएको बताएु, बोल्टनको किताब भनिएको छ।

बोल्टनको यस दाबीमा अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइज्नरले बुधबार फेरि चुनाव जित्नका लागि सहयोगको कुनै कुरा नभएको बताए।

बोल्टनले सो सम्मेलनमा चीनको सिन्जियाङ् प्रान्तमा निगरानी क्याम्प बनाउने बारेमा पनि कुरा भएको दाबी गरेका छन्। बोल्टनले यसमा ट्रम्पले सहमति जनाएका थिए।

मानवअधिकारवादी समूहरूले चीनका यी निगरानी क्याम्पको आलोचना गर्ने गरेका छन्। यहाँ १० लाख मुसलमान र अन्य अल्पसंख्यकलाई राखिएको छ।

किताबले अरू के भन्छ ?

ट्रम्पको निकट सल्लाहकारमा विदेश मन्त्री माइक पोम्बे र जोन बोल्टन सामेल छन्। बोल्टनले असन्तोष र निराशाका कारण आफूले राजीनामा दिन चाहेका उल्लेख गरेका छन्। उनले मानिसहरूको मनशाय, पर्दा पछाडीको षडयन्त्र र योसँगै कसरी लापरवाही ढंगले ह्वाइट हाउस चलिरहेको छ भन्ने पनि देखेको किताबमा बताएका छन्।

किताबमा बोल्टनले निजी कुराकानी पनि सामेल गरेका छन्।

किताबमा ब्रिटेन परमाणू सम्पन्न राष्ट्र भएको र फिनल्याण्ड नामको देश छ भन्नेसम्मको जानकारी ट्रम्पलाई नभएसम्मको कुरा किताबमा उल्लेख गरिएको छ।

यसैगरी एक पटक ट्रम्पले सहयोगी देशले रक्षा खर्च नबढाए उनीहरूलाई नेटोबाट निकाल्ने धम्कीसमेत दिएको खुलासा किताबमा गरेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board