Nepal Page

४ असार २०७७, बिहिबार


एसिया क्षेत्रको आर्थिक वृद्धिदर छ दशक यता सवैभन्दा न्युन

काठमाडौं ४ जेठ । एसियाली विकास बैंकले एसियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयताकै न्यून हुने प्रक्षेपण गरेको छ। कोरोना भाइरसका कारण आर्थिक गतिविध प्रभावित भएकाले वृद्धिदर ०.१ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण छ।

केही महिना अघि एडीवीले नै एशियाली क्षेत्रको आर्थिक वृद्धिदर २.२ प्रतिशत कायम हुने अनुमान गरेकोथियो । त्यसलाई समेत संशोधन गर्दै बैंकले नयां प्रक्षेपण सर्वजनिक गरेको छ । यो वर्षको वृद्धिदर सन् १९६१ यताको न्यून हुने बैंकले जानकारी दिएको छ।

एसियाका अधिकांश उपक्षेत्रको वृद्धिदर सुस्त हुने बैंकको प्रक्षेपण छ। एडिबीले सन् २०२० मा पूर्वी एसियाको वृद्धिदर १.३ प्रतिशतमा सीमित हुने बताएको छ। यसअघि अप्रिलमा २.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रक्षेपण गरिएको थियो। यो क्षेत्रमा सन् २०२१ देखि रिकभर हुने अनुमान बैंकले गरेको प्रतिवेदनमा उल्लेख छ।

एडिबीले दक्षिण एसियाको वृद्धिदर सन् २०२० मा ३ प्रतिशको वृद्धि हुने अनुमान गरेको छ। यसअघि अप्रिलमा ४.१ प्रतिशतको वृद्धिदर हुने अुनमान गरेको थियो।

यो वर्ष दक्षिण पूर्वी एसियामा २.७ र सेन्ट्रल एसियामा ०.५ प्रतिशतको वृद्धिदर कायम हुने बैंकले प्रक्षेपण सर्वजनिक गरेपछि व्यापारिक क्षेत्र झन बढी हतोत्ससाहित हुने विश्लेषण हुन थालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति