Nepal Page

३ असार २०७७, बुधबार


आइओएमकोे डिनमा डा. दिव्या सिंह नियुक्त

काठमाडौं ३ चैत । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओम) को डिनमा प्राध्यापक डा. दिव्या सिंह शाह नियुक्त भएकी छन्। त्रिवि कार्यकारी परिषदले डा. सिंहलाई डिनमा नियुक्त गरेको हो।
आफूले आइओएम डिनको जिम्मेवारी पाएको जानकारी दिँदै डा. सिंहले म यो चार वर्षमा आइओएमको सुधार गर्छु। खासगरी चिकित्सा शिक्षाको सुधारमा म केन्द्रित हुनेछु।ु

प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सिफारिश समितिले शाह सहित प्रा. डा. उत्तमकृष्ण श्रेष्ठ र प्रा.. डा. प्रदीप वैद्यको नाम सिफारिस गरेको थियो।
डा. सिंह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकसमेत रहंदै आएकी छिन् । मिर्गौला रोग विशेषज्ञ डा. सिंह त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुखसमेत हुन्।

नेपालमा मिर्गौला प्रत्यारोपण सुरू गराउनमा डा. सिंहको भूमिका महत्वपूर्ण थियो ।
आइओएमका तत्कालीन डिन प्रा। डा। जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण जेठ २१ देखि अवकाश पाएका थिए । त्यस यता डिन पद खाली भएको थियो । सामाजिक सञ्जालमा आफ्नै निजी चिकित्सकलाई डिन बनाएको भन्दै प्रधानमन्त्री ओलीको तिव्र आलोचना भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति