Nepal Page

३ असार २०७७, बुधबार


२४ घण्टामा ५ सय ८६ कोरोना संक्रमित, जम्मा ७,१७७ संक्रमित

२४ घण्टामा ५ सय ८६ कोरोना संक्रमित, जम्मा ७,१७७ संक्रमित

काठमाडौं, ३ असार ।

हालसम्मका नै पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस गत २४ घण्टामा ५ सय ८६ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमित थपिएको जानकारी दिए।

डा. गौताका अनुसार २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्।
हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।

अहिलेसम्म कोरोना संक्रमणबाट २०जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति