Nepal Page

२७ जेष्ठ २०७७, मंगलबार


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना कोरोना निको भएर घर फर्किए

काठमाडौँ, २७ जेठ ।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट मंगलबार १८ जना कोरानो निको भएर घर फर्किएका छन् ।

कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्‍वारेन्टाइनमा बसेको बेला कोरोना भाइरस पोजिटिभ देखिएका उनीहरुको मंगलबार गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उनीहरु एक सातादेखि अस्पतालको आइसोलेसनमा थिए । उक्त अस्पतालमा अझै ८ जना उपचारार्थ छन् । उनीहरुको अवस्था पनि सामान्य छ । अस्पतालबाट डिस्चार्ज भएका १८ जनालाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले खादा लगाएर अस्पतालबाट बिदा गर्नुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति