Nepal Page

२७ जेष्ठ २०७७, मंगलबार


थपिए ३२३ कोरोना संक्रमित, कुल संख्या ४०८५

काठमाडौं,जेठ २७ । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित अपडेटमार्फत पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १४ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार आज ९६ जना कोरोना संक्रमित कोरोनामुक्त भई घर फकिएका छन । यो संगै कोरोनालाई जितेर ५८४ जना डिष्चार्ज भएका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति