Nepal Page

२७ जेष्ठ २०७७, मंगलबार


प्रधानमन्त्रीद्वारा पूर्वराज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका रुपमा प्रधानमन्त्री ओलीले निसाधको स्मरण गर्नुभएको छ ।

उहाँले यस दुःखद घडीमा दिवङ्गत निसाधप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा पर्नुभएका परिवारजन, आफन्त र शुभचिन्तकप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओली पहिलोपटक प्रधानमन्त्री हुँदा निसाध मधेश समता पार्टीका तर्फबाट उद्योग राज्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । पछिल्लो समय उहाँले नेतृत्व गर्नुभएको पार्टी नेकपामा समाहित भएको थियो । मिर्गाैलासम्बन्धी समस्याबाट पीडित उहाँको उपचारकै क्रममा आज वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षको उमेरमा निधन भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति