9 June, 2020 1:00 pm


भारतीय सिने स्टार एकता कपुरलाई बलात्कारको धम्की

काठमाडौँ २७ जेठ — विवादित वेब सिरिज ुत्रिपल( अनसेन्सर्डु का कारण अहिले बलिउड निर्मात्री एकता कपुरलाई बलात्कारको धम्की आउन थालेको छ ।

अल्ट बालाजीसँग मिलेर उनले निर्माण गरेको वेब सिरिजको एक दृश्यमा सेनालाई अपमान गरेको भन्दै धेरैले सामाजिक सञ्जालमा उनको विरोध गरेका छन् ।

कतिले सिरिज नै बन्द गर्नुपर्ने टिप्पणी दिएका छन् । केही दिनअघि एकताविरुद्ध युट्युबर विकास पाठकले सिरिजको उक्त दृश्यलाई लिएर प्रहरीमा उजुरीसमेत गरेका थिए ।

सेनाको पहिरनलाई इरोटिक दृश्यमा प्रस्तुत गरेकै कारण अहिले उनलाई सामाजिक सञ्जालमा बलात्कारको धम्की आउन थालेको ुहिन्दुस्तान टाइम्सु मा उल्लेख छ । ुयो महान मानिस जो आफूलाई देशभक्त ठान्छ । उसले मेरो आमा र मलाई दुर्व्यवहार गरेको छ । सामाजिक सञ्जालमा खुलेआम बलात्कार गर्ने धम्की दिइसकेको छ,ु उनले भारतीय मिडियालाई भनेकी छिन्, ुयो अब आर्मीको विषयवस्तु वा सेक्सुअल कन्टेन्टको मात्र कुरा भएन । सेक्सुअल कन्टेन्ट बनाएको आधारमा ुएक महिलालाई बलात्कार गर्नु, उसको छोराको बलात्कार अनि उसको ७१ वर्षिया आमाको बलात्कार गर्नुु भन्ने विचारको अर्थ त यौन खराब हो तर बलात्कार चाहीँ ठिक्कै छ भन्ने हो नि ।ु

एकताले उक्त दृश्य सिरिजबाट हटाउनु र माफी माग्नु आफ्नो लागि ठूलो विषय नै नभएको बताएकी छिन् । उक्त विवादित दृश्य केही दिन अघि नै सिरिजबाट हटाइसकेको छ । सामाजिक सञ्जालमा यसरी बलात्कारको धम्की आउन थालेपछि एकताले ुसाइबर बुलिङु विरुद्ध खडा हुने सोचेकी छिन् । ुयदि उनीहरुले आज मेरो नांगो तस्बिर इन्टरनेटमा सार्वजनिक गर्छु भन्न सक्छ भने भोलि अन्य महिलालाई जे पनि गर्न सक्छ,ु उनले भनिन् ।

कुनै सेनाको संस्थाले नै माफी माग्नु पर्ने कुरा गरेमा आफू पछाडि नहट्ने एकता बताउँछिन् । तर एउटा सेक्सुअल कन्टेन्टकै आधारमा साइबर बुलिङ र बलात्कारको धम्की सहन नसकिने उनको तर्क छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board