9 June, 2020 12:24 pm


कोइरालालाई गण्डकी नारी सम्मान २०७७

विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोकगायिका हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान–२०७७ प्रदान गरेको छ । बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर रु २५ हजारसहित उहाँलाई सम्मान गरिएको क्लबका अध्यक्ष हीरा भट्टराईले जानकारी दिनुभयो । “अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ ”, उहाँले भन्नुभयो । सो सम्मान क्लबको सातौँ हो । हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याएका एक महिलालाई नगदसहित सम्मान गरिँदै उहाँले जानकारी दिनुभयो । कार्यक्रममा लायन्स क्लब अफ ३२५ बी–१ का गभर्नर इन्दु लम्सालले समय परिस्थितिअनुकूल नहुँदा पनि प्रविधिको प्रयोगमार्फत निरन्तरता दिएर सम्मान कार्यक्रम गर्नु सराहनीय भएको बताउँदै प्राज्ञ कोइरालाले नेपाली लोकसंस्कृतिको विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । पूर्वगभर्नर धनराज आचार्यले समाजका हरेक गतिविधिमा सक्रिय महिला क्लबले कोरोनाबीच पनि फरक ढङ्गले सम्मान कार्यक्रम गरी उदाहरणीय कार्य गरेको बताउनुभयो । सम्मानित लोकगायिका कोइरालाले कोरोनाबीचको सम्मान जीवनको बिल्कुल फरक र अविस्मरणीय रहेको बताउँदै सम्मानले लोकसंस्कृतिको विकासमा निरन्तर लाग्ने प्रेरणा मिलेको भनाइ राख्नुभयो । क्लबका ५५ सदस्य र आमन्त्रित व्यक्तित्वसहित भर्चुअल कार्यक्रममा को–चिफ एडभाइजर सुचित्रा थापा, लायन इन्दिरा बराल, शारदा पराजुली, साधना चालिसेलगायतले सम्मानित व्यक्तिलाई शुभकामना दिनुभएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board