9 June, 2020 12:13 pm


कोरोनाभाइरसबाट पाकिस्तानमा एकै दिन १०० को मृत्यु

इस्लामाबाद, २७ जेठ (रासस–एपी) – कोरोनाभाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो । मंगलबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट एक लाख ८ हजार ३१६ जना संक्रमित भएका छन् भने कूल मृत्यु हुनेको संख्या दुई हजार १७२ पुगेको छ । स्वास्थ्य विज्ञ एवं विपक्षी राजनीतिज्ञहरुले निरन्तर आलोचना गरेपनि प्रधानमन्त्री इमरान खानले लकडाउनका प्रतिबन्धहरु निरन्तर खुकुलो बनाउनु भएको छ । उहाँले पूर्ण लकडाउनबाट मुलुकको अर्थतन्त्र धरासायी हुने बताउँदै यसबाट २२ करोड पाकिस्तानी जनताको जीवनयापनमा ठूलो संकट आउने चेतावनी दिनु भएको छ । पाकिस्तानमा गरिबीको स्तर करिब ३० प्रतिशत छ, अर्थात उनीहरुको दैनिक आय १.९० डलरभन्दा कम छ । पाकिस्तानमा सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउनुपर्ने नियम भए पनि धेरैले यसलाई बेवास्ता गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board