Nepal Page

२४ जेष्ठ २०७७, शनिबार


लद्दाखमा भइरहेको सैन्य तनाव अन्त्यको लागि भारत र चीनबीच आज वार्ता हुँदै


काठमाडौं, २४ जेठ । लद्दाखमा भइरहेको सैन्य तनाव अन्त्यको लागि भारत र चीनबीच आज वार्ता हुँदैछ । पहिलो चरणमा आज दुई देशका लेफ्टिनेन्ट जनरल स्तरीय वार्ता हुने बीबीसीले जनाएको छ । वार्ता भारतीय बोर्डर पोइन्टमा रहेको एक सीमा चौकीमा हुनेछ । एक महिनादेखि लद्दाखको गलवान घाँटी क्षेत्रमा भारतीय र चीनका सेनाबीच झडप भइरहेका छन् ।

पछिल्ला वर्षहरुमा लद्दाखमा भारत र चीनबीच बर्सेनि एकपटक तनाव हुँदै आएकोमा यो वर्ष ३ पटक झडप भइसकेको पनि बीबीसीले जनाएको छ । आज हुने वार्ताले सीमामा भइरहेको तनाव अन्त्य गर्ने विश्वास लिइएको छ ।

सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाएको र भारतीय भूमिमा गतिविधि बढाएकाले गम्भीर हिसाबले वार्ता गर्ने भारतको तयारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति