Nepal Page

२४ जेष्ठ २०७७, शनिबार


अमेरिकामा १९ लाख ६५ हजारभन्दा बढीमा कोरोना संक्रमण : १ लाख ११ हजार ३८६ जनाको मृत्यु 

काठमाडौं, २४ जेठ । कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ११ हजार ३८६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९७१ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ लाख ६५ हजार ५८८ पुगेको छ । कुल संक्रमितमध्ये ७ लाख ३७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख १७ हजार १७ जनामध्ये १७ हजार ७६ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति