Nepal Page

२४ जेष्ठ २०७७, शनिबार


भारतमा संक्रमितको संख्या २ लाख ३६ हजार नाघ्यो


काठमाडौं, २४ जेठ । भारतमा कोरोना भाइरसको संक्रमण दैनिकरूपमा बढ्दो क्रममा देखिएको छ ।

कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको छ । एकै दिन अरू २८६ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ६४९ पुगेको छ ।

यसअघि बिहिबार पनि भारतमा ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख १३ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति