5 June, 2020 5:32 pm


कोरोनाबाट थप एकको मृत्यु, २७८ जना नयाँ सङ्क्रमित

काठमाडौँ, २३ जेठ – कोभिड–१९ को सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो । उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । यस्तै आज कोभिड–१९ को सङ्क्रमण आज एकैदिन २७८ मा देखिएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९१२ पुगेको छ । आज थप तीन जिल्लामा सङ्क्रमित देखिएसँग ६८ जिल्ला पुगेका छन् । उहाँका अनुसार डिस्चार्ज हुनेको सङ्ख्या ३३३ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board