5 June, 2020 5:00 pm


धनुषाका पत्रकारको बीमा

जनकपुरधाम, २३ जेठ – नेपाल पत्रकार महासङ्घ धनुषाले ५० जना पत्रकारको ‘कोरोना बीमा’ गरेको छ । पूर्वमन्त्री एवं सांसद मातृकाप्रसाद यादवले पहिलो चरणमा धनुषाका पत्रकारलाई कोरोना उपचार बीमाका लागि आवश्यक सहयोग रकम उपलब्ध गराएपछि सङ्घले सो बीमा गरेको हो । कोरोना महामारीको उच्च जोखिममा रहेर आमनागरिकको घरदैलोमा सूचना पु¥याउने अग्रमोर्चामा खटिएका पत्रकारका लागि कोरोना बीमा गरिएको छ । पूर्वमन्त्री यादवले पत्रकार महासङ्घका अध्यक्ष अनिल मिश्रलाई ५० पत्रकारको विवरणसहित रकम हस्तान्तरण गर्नुभयो । बीमा गरिएका पत्रकारमा कोरोना सङ्क्रमण देखिए रु एक लाख बीमा कम्पनीले उपलब्ध गराउने छ । दोस्रो चरणमा पत्रकार महासङ्घका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बीमा गरिने सो महासङ्घका अध्यक्ष मिश्रले जानकारी दिनुभयो । सो अवसरमा सांसद यादवले समाचार सङ्कलनका क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना जोखिम हुने भएकाले सानो सहयोगस्वरुप पत्रकारको बीमा गरिएको बताउनुभयो । पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै आपूmले पाएको सेवा सुविधालाई कटाएर बीमाका लागि रकम दिएको भन्दै उहाँले यो महामारीको समयमा यसले सञ्चारकर्मीलाई आफ्नो कर्तव्य पूरा गर्न थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board