Nepal Page

७ जेष्ठ २०७७, बुधबार


त्रिदेशीय सीमा बिन्दुमा एकपक्षीय काम अस्वीकार्य : बेइजिङ


जेष्ठ ७, २०७७ काठमाडौं — लिपुलेक क्षेत्रमा नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा बिन्दु निर्धारणको काम बांकी रहेको चिनिया विदेश मन्त्रालयले स्पष्ट गरेको छ । मंगलबार बेइजिङमा गरेको चिनिया विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा लिपुलेक जस्तो सम्वेदनशील सीमा बिन्दुमा कुनै पनि मुलुकले एकल निर्णयका आधारमा कुनै प्रकारको गतिविधि अघि बढाउन नसक्ने स्पष्ट गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान त्रिदेशीय समस्या त्यसैगरी समाधान गनुृ पर्ने स्पष्ट गरेका छन् । झाओले बेइजिङमा यस्तो धारणा राखिरकेहका बेला नेपालको संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरको भुमि फिर्ता लिने र सोही अनुसारको नक्सा जारी गर्ने घोषणा गरिरहेका थिए ।
भारतले गत साता नेपालको लिपुलेक हुँदै चीनको मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि सुरु भएको विवाद र बहसका माझ चीनको यो अभिव्यक्ति बाहिर आएको हो ।

चिनियाँ विदेश मन्त्रालयले बेइजिङस्थित कार्यवाहक नेपाली राजदूत सुशील लम्साललाई सोमबार मन्त्रालयमा बोलाएर लिपुलेकसहितका भूभागबारे चीनको लिखित धारणा प्रस्तुत गरेको थियो । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीनको उक्त धारणाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न अवगत गराइएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पनि मंगलबार अपराह्न बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे उठेका जिज्ञासाको जबाफ दिने क्रममा ‘परिस्थितिलाई जटिल बनाउने गरी कसैले पनि एकपक्षीय काम गर्न नहुने’ भन्दै २०७२ जेठ १ मा चीन र भारतबीच लिपुलेकका बारेमा भएको सहमति मा पुनर्विचार गर्नसक्ने संकेत दिएका छन् ।

प्रवक्ता झाओ लिजियानले ‘कालापानी क्षेत्र नेपाल–भारतबीचको मामला’ भन्दै ं यो समस्या सुल्झाउन आपसी ‘मित्रवत् कुराकानी’ जरुरी रहेको स्पष्ट गरे । प्रवक्ता लिजियानलाई कालापानी क्षेत्रमा भारतले बनाइरहेको सडक र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको प्रतिक्रियात्मक धारणा तथा नेपालको प्रतिवादका बारेमा पत्रकारहरुले प्रश्न गरेका थिए । पत्रकारका प्रश्नका जबाफ मा झाओले भने ‘नेपाल–भारत दुवैले आपसी मैत्री संवादबाटै यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ,’ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति