20 May, 2020 6:30 am


विश्वभर कोरोना : ४९ लाख ८२ हजार संक्रमित, ३ लाख २४ हजार ५ सय ३५ जनाको मृत्यु

काठमाडौं, ७ जेठ । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४९ लाख ८२ हजार ८ सय ७५ पुगेको छ। वल्र्डमिटरले बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १५ लाख ७० हजार ८ सय ८३ मा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुसमा २ लाख ९९ हजार ९ सय ४१, ब्राजिलमा २ लाख ७१ हजार ६ सय २८, बेलायतमा २ लाख ५० हजार १ सय ३८, स्पेनमा २ लाख ३२ हजार ३७, इटालीमा २ लाख २६ हजार ६ सय ९९ लाई कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख २२ हजार ८ सय २१ को कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९१ हजार ८ सय ४५ को मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा ३५ हजार ४ सय २२, इटालीमा ३२ हजार १ सय ६९, फ्रान्समा २८ हजार २५, स्पेनमा २७ हजार ७ सय ७८, ब्राजिलमा १७ हजार ९ सय ७१, बेल्जियममा ९ हजार १ सय ८ को मृत्यु भइसकेको छ। त्यस्तै, विश्वभर १६ लाख ८६ हजार ४ सय ४८ कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका भएका छन्। अमेरिकामा सर्वाधिक २ लाख ८९ हजार ३ सय ९२, जर्मनीमा १ लाख ५५ हजार ६ सय ८१, इटालीमा १ लाख २९ हजार ४ सय १, टर्कीमा १ लाख १२ हजार ८ सय ९५ अहिले संक्रमणमुक्त भएका छन्।

नेपालमा ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार ललितपुर र सिन्धुलीमा पनि संक्रमण पुष्टि भएसँगै नेपालका ३६ जिल्लामा संक्रमण देखिएको छ। संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ। त्यस्तै, ३७ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board