19 May, 2020 9:21 pm


चीनले भन्यो – मैत्रिपूर्ण संवादमार्फत विवाद हल गर्नुपर्छ

काठमाडौं, ६ जेठ ।  कालापानी सीमा विवाद नेपाल र भारतको सरोकारको विषय भएको भन्दै चीनले दुई छिमेकीले एकपक्षीय कदम बन्द गरेर मैत्रिपूर्ण संवादमार्फत आफ्नो विवाद हल गर्ने आशा व्यक्त गरेको छ । नेपाल–भारत सीमा विवादबारे भारतीय सेनाका प्रमुख जनरल एमएम नरमानेले दिएको अभिव्यक्तबारे मंगलबार सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्री झाओ लिजियानले यस्तो जवाफ दिनु भएको हो ।

यसअघि नरभानेले नेपालले अरु कसैको उक्साहटमा आएर भारतले लिपुलेकमा गरेको सडक उद्घाटनको विरोध गरेको विवादास्पद अभिव्यक्त दिनु भएको थियो । ‘कालापानी नेपाल र भारतबीचको विषय हो र हामीलाई आशा छ दुई देशले आफ्नो विवाद सही तरिकाले मैत्रिपूर्ण परामर्शमार्फत हल गर्नेछन्,’ झाओले भन्नुभयो ।  उनले अवस्थालाई असहज बनाउने सबैखाले एकतर्फी कदम नेपाल र भारतले गर्न नहुने पनि बताउनुभयो ।

यसअघि नेपाली भूमी हुँदै चीनसँग जोडिनेगरी भारतले निर्माण गरेको ८० किलोमिटर लामो सडकको उद्घाटन भारतीय रक्षामन्त्री राजनाथ सिंह गरेका गर्नुभएको थियो ।

नेपालले यस विषयमा कडा आपत्ति जनाएको छ । भर्खरै, सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गरेर नयाँ नक्सा जारी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board